भारतमा आज एकै दिन थपिए ५ हजार बढी संक्रमित

एजेन्सी, ५ जेठ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिड १९ को ५ हजार २ सय ४२ जना नयाँ संक्रमितहरू थपिएका छन् ।

अधिकारीहरूका अनुसार यो डाटा कोरोना भाइरसका कारण भारतमा हालसम्मको सबैभन्दा उच्च संख्या हो ।

जसपछि भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या बढेर ९६ हजार १ सय ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा रोगका कारण १ सय ५७ जना व्यक्तिको मृत्यु भएको छ ।

यससँगै कोभिड १९बाट मर्नेहरूको संख्या बढेर ३ हजार २९ पुगेको छ ।

त्यस्तै, भारतमा कोरोना भाइरस संक्रमित फेला परेका सबै मध्ये ३६ हजार ८ सय २३ जना व्यक्ति पूर्ण रूपले निको भइसकेका छन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

हप्तौंको लण्डडाउन पछि पनि भारतमा कोरोना भाइरस संक्रमण बढ्दो छ ।

Loading...