नुन बोकेको मिनिट्रकबाट एक लाखभन्दा बढीको मदिरा बरामद

धनगढी, ५ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी चेक पोष्ट चटकपुरबाट नुनलगाायतको खाद्यान्न बोकेको मिनि ट्रकबाट मदिरा बरामत भएको छ ।

प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका बस्ने नरेन्द्र सिंह महराले चलाइराखेको से.१ ख २०१० नम्बरको मिनि ट्रक धनगढीबाट अतरीयातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

मिनि ट्रकमा चेकजाज गर्दा १२६ पेटी रोज नामक मदिरा अन्दाजी एक लाख १५ हजार ९ सय २५ रुपैयाँ बराबरको फेला परेको हो ।

मिनि ट्रकको निज चालक र ट्रक नियन्त्रणमा लिई सवारी र मदिरा धनी कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने दिनेश पन्तलाई समेत पक्राउ गरिएको छ ।

उनीहरूलाई १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको उक्त मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Loading...