बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेको संख्या बढ्दै

नेपालगञ्ज, ५ जेठ । बाँकेमा भारतबाट आएर क्वारेनटाइनमा बस्नेहरूको संख्या बढ्दै गएको छ ।

भारतबाट आउने नेपालीहरूको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइन पनि बढाइएको छ ।

जिल्लामा अहिले ४० वटा क्वारेनटाइनमा एक हजार दुई सय २५ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

एक हजार पाच सय ३० बेड संख्या रहेका ती क्वारेनटाइनमा ६१ महिला र एक हजार एक सय ६४ पुरुष छन् ।

आठ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा १० वटा क्वारेन्टाइन छन् । त्यहाँ छ सय २५ जना बसिरहेका छन् ।

नरैनापुरमा भारतबाट आएर क्वारेनटाइनमा बसेका मध्ये एकको कोरोनाबाट मृत्यु भएको छ भने आठ जना संक्रमितको दाङको बेल्झुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेमा अहिलेसम्म ३४ जना संक्रमित भेटिएका छन् ।

Loading...