अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश

विराटनगर, ५ जेठ । नेपाली युवा दिवेश पोखरेल विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा ‘आर्थर गन’ दोस्रो बनेका छन्।

सोमबार बिहान भएको १८ औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।

नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्।

उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

Loading...