इन्टर मिलानका सबैको कोरोना रिपोर्ट नेगेटिभ, आजबाट प्रशिक्षण सुरु

एजेन्सी, ५ जेठ । इन्टर मिलानका सबै खेलाडीको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । इन्टरले आइतबार विज्ञप्ति जारी गरी आफ्ना खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

इन्टरले टिमको प्रशिक्षण थाल्नुअघि खेलाडीसँगै प्रशिक्षकहरू र व्यवस्थापक टिमका सबै कर्मचारीको कोरोना परीक्षण गरेको थियो । जसमा, सबैको रिपोर्ट नेगेटिभ आएको क्लबले जनाएको छ ।

इन्टरले आजबाछ टिमको प्रशिक्षण थाल्ने बताइएको छ । यसअघि नै खेलाडीले व्यक्तिगत रूपमा प्रशिक्षण गर्दै आइरहेका थिए ।

इटालीको सरकारबाट अनुमति पाएसँगै इन्टरले भने सोमबारबाट सामूहिक प्रशिक्षण थाल्ने भएको हो । इटालियन प्रधानमन्त्री गिउसेप्पे कोन्टेले सिरी ‘ए’ क्लबलाई १७ मेबाट सामूहिक अभ्यासका लागि अनुमति दिएका थिए ।

गत मार्चबाट स्थगित सिरी ‘ए’ १३ जुनबाट सुचारु हुने सम्भावना रहेको छ ।

Loading...