रोनाल्डो मंगलबारदेखि प्रशिक्षणमा फर्किने

एजेन्सी, ५ जेठ । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो मंगलबारदेखि प्रशिक्षणमा फर्किने भएका छन् । दुई महिनाको मडेइरा बसाइपछि इटाली फर्किएका पोर्चुगिज स्टार १४ दिन क्वारेन्टाइनमा रहेका थिए ।

अब उनी मंगलबार अर्थात् भोलिबाट ट्रेनिङमा फर्किने जनाएको छ । कोरोना महामारीका कारण इटालियन सिरी ‘ए’ लिग स्थगित भएपछि रोनाल्डो स्वदेश फर्किएका थिए ।

लकडाउनमा २ महिना घर बसेका उनी ५ मेमा इटाली फर्किएका थिए ।

इटालीको सरकारबाट अनुमति पाएसँगै युभेन्टसले भने सोमबारबाट सामूहिक प्रशिक्षण थाल्ने भएको छ । इटालियन प्रधानमन्त्री गिउसेप्पे कोन्टेले सिरी ‘ए’ क्लबलाई १७ मेबाट सामूहिक अभ्यासका लागि अनुमति दिएका थिए ।

गत मार्चबाट स्थगित सिरी ‘ए’ १३ जुनबाट सुचारु हुने सम्भावना रहेको छ ।

Loading...