अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल

काठमाडौं, ५ जेठ । अमेरिकन आइडलको टप ५ मा नेपाली युवा पुग्न सफल भएका छन् ।

नेपाली युवक दिवेश पोखरेल टप ५ मा पुगेका हुन ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला गरिएको छ ।

फाइनल राउण्ड सुरु भएकाले अब उपाधिका लागि उनले फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।

यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

Loading...