Rumpum

Rumpum Advertisement

बुन्डेसलिगा : बायर्नको सहज जित

बुन्डेसलिगा : बायर्नको सहज जित

एजेन्सी, ५ जेठ । जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखे सहज जित निकालेको छ । आइतबार भएको खेललमा बायर्नले युनियन बर्लिनलाई २–० गोलले हराएको हो ।

साबिकको विजेता बायर्न म्युनिखले बर्लिनलाई उसकैको मैदानमा हराएको हो । बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले समान एक–एक गोल गरे ।

लेवान्डोस्कीले खेलको ४०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि बायर्नलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ८०औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नलाई २–० गोलले जिताए ।

यस जितसँगै बायर्नले शीर्षता कायमै राखेको छ । शीर्ष स्थानको बायर्नले ५८ अंक बनाएको भने दोस्रो स्थानको बोरुसिया डर्टमुण्डसँग ५४ अंक छ ।

यता, ३० अंक रहेको बर्लिन १२औं स्थानमा छ ।