विपरीत लिङ्गीप्रति किन आकर्षण बढ्छ ?

विराटनगर, ४ जेठ । महिला तथा पुरुषहरुको मस्तिष्कमा नै यस्तो गुण हुन्छ जसले विपरीत लिङ्गीप्रति आकर्षण बढाउँछ ।

यो जुनसुकै अंग तथा भाग हेर्दा नै सामान्यतया एकअर्का प्रति आकर्षण बढी रहेको हुन्छ ।

सामान्य अवस्थामा किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षण बढ्न थाल्छ ।

यसमा अझ बढी आकर्षण बढाउन महिला तथा पुरुषका यौन अंग मात्रै नभई यौन अपेक्षाले पनि काम गरिरहेको हुन्छ ।

पुरुषहरू महिलाका अंगहरु अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली तथा पहिरनबाट पनि आकर्षित हुन्छन् ।

महिलाहरू पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटो मुनिको रौं यौन आकर्षक हुन्छ भन्ने बुझाइ छ ।

यस्तै ओठ, आँखा पनि हेरेर समेत महिलाहरु लठ्ठिने हुन्छन् ।

पोर्नोग्राफी हेरेका महिलाहरुमा भने जीवनसाथी पुरुषको लामो लिङ्ग होस भन्ने चाहान राख्ने पनि हुन्छन् ।

तर खासमा महिला र पुरुष दुवै नै विपरीत लिङ्गीको व्यक्तित्वमा आकर्षित हुन्छन् । तर सबैलाई एकै खालको व्यक्तित्व तथा कुनै निश्चित अंग नै मन पर्नु पर्छ भन्ने छैन् ।

Loading...