काठमाडौं, ४ जेठ । बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको भारतीय सिरियलमा नेपालीमाथि अपशब्द प्रयोग गरिएको विषयमा आलोचना हुन थालेको छ ।
पाताललोक नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निकै नराम्रो शब्द प्रयोग गरिएको हो ।
अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै नराम्रो शब्द प्रयोग गरिएको छ ।
यसमा प्रलक्ष नामका एक व्यक्तिले निकै लामो पोष्ट लेख्दै अनुष्का शर्माले माफी माग्नु पर्ने र उक्त सिन हटाउनु पर्ने लेखेका छन् ।
रक गायिक अभया सुब्बाले पनि प्रलक्षको पोष्ट सेयर गर्दै सिरियलमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको बताएकी छिन् ।
साथै, अनुष्का शर्माले यसको लागि माफी माग्नु पर्ने समेत लेखेकी छिन् ।
सामाजिक संजालमा यस विषयमा व्यापक चर्चा भइरहेको छ । सबैले उक्त सिन हटाएर अनुष्काले माफी माग्नु पर्ने माग गर्दै आएका छन् ।