यस कारण मोटो मासिनमा कोरोना संक्रमणको बढी जोखिम हुन्छ

विराटनगर(एजेन्सी), ४ जेठ । मोटो मानिसहरूलाई कोरोना भाइरस (कोभिड १९ ) को जोखिम हुनसक्ने विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ ।

नेसनल हेल्थ सर्भिसको अध्ययनले कोभिड १९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर हुने देखाएको छ ।

मोटो मानिसको शरीरमा बढी वजन हुने कारण शरीरमा धेरै बोसो रहन्छ र शरीर चुस्त रहँदैन । त्यसले फोक्सोको क्षमतामा असर गर्छ ।

रगत र शरीरभरी अक्सिजनको प्रवाह कम हुन्छ जसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ ।

युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नवीद सत्तारका अनुसार धेरै वजन भएका व्यक्तिलाई अक्सिजन पनि धेरै चाहिन्छ जसकारण शरीरको प्रणालीमा निकै धेरै दबाव पर्छ ।

कोरोना भाइरस सङ्क्रमणका बेला यो थप गम्भीर बन्नसक्छ ।

युनिभर्सिटी अफ रेडिङका डा. ड्यान सेल्लायाका अनुसार मुख्य अङ्गहरूमा अक्सिजनको कमिले मोटो शरीरलाई गार्हो पार्ने हुदा मोटो मानिसहरूलाई आइसीयुमा रहँदा श्वास फेर्ने र मृगौला चलाउने सहयोग चाहिन्छ ।

वैज्ञानिकहरूले शरीरको कोषमा रहने एसीई(२ भनिने एन्जाइम शरीरमा भाइरस पस्ने मुख्य बाटो हो जुन मोटोपना भएका मानिसको छालाको सतहको तल र अन्य अङ्गहरूको आसपासमा रहने बोसोको तन्तुमा धेरै मात्रामा हुन्छ ।

साथै, मोटोपनको समस्या भएका मानिसको प्रतिरोधात्मक क्षमता पनि त्यति राम्रो हुँदैन । जसले ुसाइटोकाइन स्ट्रोमुको अवस्था सृजना गर्छ ।

मोटोपनाका कारण कमजोर मुटु, फोक्सो र मृगौला एवम् टाइप २ प्रकार मधुमेह पनि हुन्छ ।

अनुसन्धानका अनुसार मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने देखिन्छ ।

Loading...