Rumpum

Rumpum Advertisement

लकडाउनको बेला सयौँ मजदुरलाई घर पठाउदै सोनु

लकडाउनको बेला सयौँ मजदुरलाई घर पठाउदै सोनु

काठमाडौं, ४ जेठ । भारतीय फिल्मका अभिनेता सोनु सुदले लकडाउनले अलपत्र परेका सयौँ मजदुरलाई घर पठाइरहेका छन् ।

सोनुले लकडाउनका कारण खान नपाएर सयौँ किलोमिटरको पैदलयात्रा गरी आ–आफ्नो गाउँ फर्किरहेका मजदुरलाई सरकारी अनुमति लिएर गाडीको व्यवस्था गरेर मजदुरलाई गाउँ पठाइरहेका हुन् ।

उनले केही दिनअघि भारतको मुम्बईबाट तीन सय ५० मजदुरलाई कर्नाटक पठाएका थिए ।

त्यसपछि उनले ५ सय मजदुरलाई मुम्बईबाट भारतको उत्तर प्रदेश, बिहार र झारखण्ड जान सहयोग गरे । अझै तीन हजार मजदुरलाई गाउँ पठाउने तयारीमा छन् ।

‘महामारीको बेला, मेरो एक मात्र काम भनेको तिनीहरू सबैलाई आफ्नो घर सुरक्षित र स्वस्थ पुग्न सहयोग गर्नु हो’ सोनु भन्छन् ।

यसबाहेक सोनु सुदले मुम्बईमा दैनिक गरिब मानिसलाई खाना खुवाइरहेका छन् ।

उनले मुम्बईको जुहुमा रहेको आफ्नो होटेललाई समेत कोरोना संक्रमितको उपचारमा रहेका डाक्टरहरूको आवासका लागि दिएका छन् ।

साथै, सोनुले स्वास्थ्य सामग्री पीपीइ, औषधि तथा खाने कुराहरू पनि बादीरहेका छन् ।