कोरोना भाइरस पत्ता लगाउने मास्कको विकास गर्दै वैज्ञानिक

एजेन्सी, ४ जेठ । मास्कको सहायताले कोरोना भाइरस पत्ता लगाउन सकिने विधिको विकास गरिने भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एमआईटी र हार्वर्डका वैज्ञानिकहरूले कोरोना भाइरस भएको व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छ्यूँ गर्दा प्रकास उत्पादन गर्ने फेस मास्कको विकास गरिरहेका छन् ।

टेक्नोलोजी सफल साबित भएमा तापमान जाँच जस्ता अन्य स्क्रिनिङ विधिहरूसँग सम्बन्धित त्रुटिहरूलाई सम्बोधन गर्न सक्छ ।

उक्त मास्कलाई अस्पतालमा संक्रमित बिरामी पत्ता लगाउन वा अन्य ठाउँका लागि प्रयोग गर्न सकिन्छ ।

एमआईटीका बैज्ञानिक जिम कोलिन्सका अनुसार उनको प्रयोगशालाको हालको परियोजना “धेरै प्रारम्भिक चरण” मा छ, तर परिणाम आशाजनक छ ।

पछिल्ला केही हप्ताहरूमा, उनको टोलीले सेन्सरले सानो र्‍यालको नमूनामा कोरोना भाइरस पत्ता लगाउन सक्ने क्षमताको परीक्षण गरिरहेको छ ।

डिजाइनको साथै मास्कको अनुहारमा सेन्सरहरू सम्मिलित गर्ने कि मोड्युल विकास गर्ने कुरा हुँदैछ ।

केही सातामा शंका लागेको व्यक्तिमा ट्राइल गरेर यसले काम गर्छ वा गर्दैन भनेर हेरिने छ ।  

Loading...