रुसमा संक्रमितको संख्या तीन दिनदेखि केही घट्दो

विराटनगर, ४ जेठ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण रुसमा केही संक्रमितको संख्या तीब्र रूपमा बढिरहेको छ ।

परीक्षणको दायरा बढाएसँगै रुसमा नयाँ सङ्क्रमितको सङख्या बढ्नेक्रममा छ ।

रुस अहिले कोरोना प्रभावितको सूचिको दोस्रो नम्बरमा छ । पछिल्लो २४ घण्टामा थप रुसमा ९ हजार बढीमा संक्रमण देखा परेको छ ।

रुसमा अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार रुसमा पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ०९ नयाँ संक्रमितहरू रेकर्ड भएको छ ।

केही सातादेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेको बेला तीन दिनदेखि संक्रमितको सङ्ख्या केही घटेको देखिन्छ ।

आज नयाँ संक्रमित थपिएसँगै रुसमा २ लाख ८१ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये आज ९४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार ६ सय ३१ पुगेको छ भने ६७ हजार ३ सय ७३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Loading...