भारतमा एकै दिन झन्डै ५ हजार संक्रमित थपियो

विराटनगर, ४ जेठ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण रुसमा केही संक्रमितको संख्या तीब्र रूपमा बढिरहेको छ ।

भारतमा कोरोना भाइरस महामारीबाट संक्रमित हुनेको संख्या १ लाख नजिक पुग्न आँटेको छ ।

भारतमा ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला भने नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम जारी छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६४ व्यक्ति संक्रमित भएसँगै भारतमा संक्रमितको संख्या ९० हजार ९ सय २७ पुगेको हो ।

२४ घण्टामा १ सय १८ जनाको मृत्युसँगै भारतमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ७२ पुगेको तथ्यांकले देखाएको छ ।

संक्रमित र मृत्युको संख्या केही दिनयताको संख्याभन्दा उच्च रहेको छ ।

विश्वमा धेरै कोरोना प्रभावित सूचिमा भारत ११ नम्बरमा पुगेको छ ।

३४ हजार २ सय २४ जना व्यक्ति उपचारपछि निको पारेर घर फर्किसकेका छन् ।

त्यस्तै, ५३ हजार ८ सय ३१ बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Loading...