रियल र सिटीबीचको भिडन्त अगष्टको पहिलो साता

एजेन्सी, ४ जेठ । युरोपियन च्याम्पियन्स लिग स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको खेल अगस्टको पहिलो साता हुने भएको छ ।

कोरोना भाइरसका कारण स्थगित लिगको अन्तिम १६ अन्तर्गत रियल र सिटीबीचको दोस्रो लेगको खेल ७ अगस्टमा हुने तय भएको हो ।

डेली मेलका अनुसार यी दुईबीचको महाभिडन्तको टुंगो लागेको हो ।

यद्यपि, च्याम्पियन्स लिगले रियल र सिटीबीचको खेलतालिका औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

कोरोनाका कारण गत मार्चबाट च्याम्पियन्स लिग स्थगित छ ।

स्थगित हुनुभन्दा अगािड च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले अग्रता बनाएको छ ।

फेब्रुअरीमा रियलको मैदानमा भएको खेलमा सिटीले २–१ गोलको जित निकालेको छ ।

अब दोस्रो लेगको खेल सिटीको मैदानमा हुनेछ ।

Loading...