birat ribon

पुर्व मन्त्री र आइजिपी बिरुद्ध अपहरण मुद्दा अदालतमा दर्ता नहुने

Neuro
पुर्व मन्त्री  र आइजिपी  बिरुद्ध अपहरण मुद्दा अदालतमा दर्ता नहुने

काठमाण्डौ , ४ जेठ । प्रहरीले नेकपा सांसद महेश बस्नेत , किशन श्रेष्ठ र पुर्व आइजिपी सर्बेन्द्र खनाल सहित चार जना विरुद्ध मानव अपहरण तथा शरीर बन्धक आरोपको जाहेरी अनुसार कसुरमा मुद्दा अदालतमा दर्ता नहुने भएको छ ।

Padelux insider
cura insider

नव गठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सरकारी वकिलको कार्यालय काठमाण्डौ मार्फत दर्ता गर्न प्रहरीमा पठाएको किटानी जाहेरी उपर प्रारम्भी अनुसन्धान गर्दै प्रहरीले अदालतमा मुद्दा दर्ता नगर्ने निर्णय गरेको हो ।

प्रहरीले झुठा सूचना राखेर बनावटी जाहेरी दिएर कानुनलाई गुमराह बनाउन खोजेको निष्कर्ष निकाल्दै जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

यसबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइसकेको र त्यहाँबाट निर्णय भएर आए अनुसार थप कार्वाही अगाडी बढने प्रहरी स्रोतले जनाएको छ ।

सांसद यादवले महोत्तरीबाट आफुलाई १० बैसाखमा अपहरण गरेर काठमाण्डौ ल्याई बन्धक बनाएर राखेको भन्दै १४ वैशाखमा प्रहरीमा जाहेरी पुर्व मन्त्री बस्नेत सहित चार जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

पार्टीका शिर्ष नेताहरुलाई लिएर गएपनि प्रहरीले जाहेरी दर्ता नगर्न नमानेपछि सांसदय यादबले काठमाण्डौ सरकारी वलिकको कार्याल्यमा २२ बैसाखमा जाहेरी दर्ता गराउन माग गर्दै निबेदन दिएका थिए ।

काठमाण्डौ सरकारी वकिलको कार्यालयले जाहेरी अनुसन्धान गरेर प्रतिबेदन दिन भन्दै महानगरिय प्रहरी परिसरमा पठाएको थियो ।

मुलुकी फौजदारी कायविधि संहिताको दफा ११ मा भ्रमपूर्ण, झुटा वा काल्पनिक सूचनालाई तालुकवाला निकायले तामेलीमा राख्न सकिने व्यावस्था छ ।

९ बैसाखमा प्रधानमन्त्री केपी ओलीले दल बिभाजन गराउनपाउनेगरि अध्यादेश जारी गरेपछि पुर्व स्वास्थ्य राज्य मन्त्री तथा सांसद सुरेन्द्र यादब १० बैसाखमा सांसद महेश बस्नेत , किशन श्रेष्ठ र पुर्वआइजिपी सर्बेन्द्र खनालसँग काठमाण्डौ आएका थिए ।

उनी नक्साल स्थित मेरिट होटलमा आफन्तसँगै बसेका थिए । ११ बैसाख बिहान उनी आफै पार्टीको सम्पर्कमा पुगेका थिए ।

jackson ribon