चीनद्वारा प्रारम्भिक चरणमा कोरोना भाइरसका केही स्याम्पलहरू नष्ट गरेको स्वीकार

एजेन्सी, ४ जेठ । चीनले कोरोना भाइरसका केही स्याम्पलहरू संक्रमणको प्रारम्भिक चरणमा नष्ट गरेको स्वीकार गरेको छ ।

अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पीओले चीनले डिसेम्बरको आखिरमा संकलन गरिएको कोरोना भाइरसको प्रारम्भिक नमूनाहरू बाँड्न अस्वीकार गरेको आरोपको उत्तरमा चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी लियू देङफेङले नमूनाहरू प्रयोगशालाको जैविक सुरक्षाको जोखिम रोक्नको लागि स्वास्थ्य कानूनको अनुरूप नष्ट गरिएको बताएका छन् ।

तर, ढाकछोप गर्नका लागि यसरी नमूना नष्ट गरेको भन्ने अमेरिकाको आरोपलाई उनले अस्वीकार गरेका छन् ।

स्पेनिस मिडिया एएस अनुसार लियूले शुक्रबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा जनवरी ३ मा सरुवा रोगको व्यवस्थापनका लागि योग्यता हासिल नगरेका प्रयोगशालालाई कोरोना भाइरसका नमूना नष्ट गरेको बताएका छन् ।

चीनमा पहिल्यैबाट यसप्रकारको अभ्यास रहेको र स्वास्थ्य कानूनअनुसार प्रयोगशालाको जैविक सुरक्षा र पहिचान नखुलेका रोगाणुले ल्याउने विपत्तिबाट जोगाउन नमूनालाई नष्ट गरिएको लियू बताउँछन् ।

पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीलाई प्रकोपको हदसम्म ढाकछोप गर्ने प्रयास गरिएको भनेर आरोप लगाएका छन् ।

Loading...