आतंकवादी संगठन हिजुबल मुजाहिद्धिनको हतियार गाेदाममा दुईवटा खुकरी

एजेन्सी, ४ जेठ । भारतीय सुरक्षाकर्मीले आतंकवादी संगठन हिजबुल मुजाहिद्धीनले लुकाएर राखेको ठूलो संख्यामा हतियार बरामद गरेको छ । जसमा दाबसहितका २ वटा खुकरी पनि छन् ।

खुकरीको निर्माण र प्रयोग नेपालमा हुन्छ । नेपालमा खुकुरीलाई हतियारका रूपमा पनि प्रयोग गरिन्छ ।

भारत र पाकिस्तानबीचको विबादित जम्बु कश्मीरको पुलवाको एक घरबाट भारतीय सुरक्षाकर्मीले २ खुकुरीसहित गोली, विष्फोटक पदार्थलगायत अन्य हतियार बरामद गरेको हो ।

घटना शनिबारको हो । मुजाहिद्धिनले एक घरको सुरुङमा लुकाएर राखेको अवस्थामा एक थान अत्याधुनिक राइफल, म्यागजिन, सयौँ राउन्ड गोली, पेस्तोल र विस्फोटक पदार्थ र २ वटा दाबसहितका खुकुरी बरामद गरेको भारतीय च्यानल जी न्यूजको अनलाइन संस्करणले जनाएको छ ।

आतंककारी संगठनसँग खुकरी भेटिएपछि सुरक्षाकर्मी चकित बनेको बताइएको छ ।

Loading...