birat ribon

भारतले दियो ३० हजार पीसीआर टेस्ट किट

Neuro
भारतले दियो ३० हजार पीसीआर टेस्ट किट

विराटनगर, ४जेठ । भारतले नेपाललाई तीस हजार पीसीआर टेस्ट किट सहयोग गरेको छ ।

Padelux insider
cura insider

कोरोना भाइरस परीक्षण गर्नकालागि भारतले आइतबार ३० हजार पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आइतबार उक्त पीसीआर टेस्ट किट हस्तान्तरण गरेका छन ।

माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ ।

भारतले १० वैशाखमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

jackson ribon