कोरोना नियन्त्रण र क्षति आंकलनमा ज्ञान नभएको देउवाको आरोप

काठमाण्डौ , ४ जेठ । संघिय संसदियमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना संक्रमणको क्षतिबारे कुनै ज्ञान नै नभएको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको बार्षिक नीति कार्यक्रम समिक्षा कार्यक्रममा बोल्दै नेता देउवाले सरकारले कोरोनो क्षति आंकलन गर्न नसकेकोले कुनै ज्ञान नभएको आरोप लगाएका हुन ।

देउवाले जनताको दुखप्रति सरकार संवदेनशील नभएको र पीडा बुझ्न सक्ने हृदय नै नभएको बताए । उनले वर्तमान सरकारले भविश्यमा आश्वस्त हुने कुनै योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे । नेता देउवाले भने ‘महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न पाएनन सरकार पुर्ण रुपमा चुकेको छ ।’,

सरकारले आर्थिक बर्ष २०७७ । ०७८ कालागि प्रस्तुत गरेको एक बर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएको र बहुबर्षिय योजनाको कोरा कल्पना देखिनेखालको भएको बताए ।

संक्रमित व्यक्ति भेटिएको ४ महिना पुग्दै गर्दा र लकडाउनको ५५ पुग्दा पनि सरकारले परीक्षण बढाउन नसकेको , स्वास्थ्य उपकरण लगायतका आवश्यक सामाग्रीको उपलब्धताको प्रत्याभुति दिन नसकेको , कोरोना प्रभावितबाट मर्कामा परेकालाई उचित राहतको प्रबन्ध नभएको ,अत्यावश्य सामाग्री औषधी समेतमा भ्रष्टाचार गरिएको भने प्रश्न उठ्दा छानविन नगरि बचाउ गरेको आरोप देउवाले लगाए ।

देउवाले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे नीति तथा कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक भएपनि अपुर्ण भएको टिप्पणी गरे ।

Loading...