Rumpum

Rumpum Advertisement

कोरोना काल , बोडर्रको हाल (फोटो फिचर)

कोरोना काल ,   बोडर्रको हाल  (फोटो फिचर)

विराटनगर , ४ जेठ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनसँगै नेपाल भारत खुल्ला सिमाना क्षेत्रमा पनि कडाई छ ।

दुवैतर्फ सुरक्षाकर्मी स्थलगत रुपमा परिचालित छन ।भारततर्फ सिमा सुरक्षा बल (एसएसबी) र नेपालमा शसस्त्र प्रहरी र नेपाल प्रहरीले खुल्ला सिमानामा आवत जावतको निगरानी गरिरहेका छन ।

तर पनि मानिशहरु खुल्ला सिमानाको फाइदा उठाउदै आवतजावत गरिरहेका छन । सुरक्षाकर्मीहरु लाठी लिएर उनीहरुलाई छेक्दा दिक्क छन ।

कोइ घाँसपात लिने , कोही बस्तुभाउ चराउने अनि कोही किनमेल गर्ने बहानामा ग्रामिण क्षेत्रको खुल्ला सिमानामा आउजाउ गरिहेका छन ।

सिमा क्षेत्रमा दुवैतर्फ बसोवास गर्ने मानिशहरुमा कोरोना संक्रमणको कुनै त्रास छैन । ग्राउँमा मानिशहरु आफनो कर्मममा निर्धक्क जुटिरहेका छन ।

कोशी अनलाइनकालागि यज्ञ अधिकारीले मोरङको सिमा क्षेत्रमा गएर केही ताजा फोटाहरु खिचेका छन ।