खुला ठाउँमा किटनाशक औषधि छर्नाले कोरोना मर्दैन, बरु थप हानिकारक हुन सक्छ : डब्लुएचओ

एजेन्सी, ४ जेठ । सडक र फुटपाथमा कोरोना भाइरसलाई मार्नका लागि किटाणुनाशक छर्दा मानव स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कतिपय देशहरूमा सडकमा किटाणुनाशक छर्किनाले कोरोना भाइरसलाई हटाउँदैन बरु यसबाट थप स्वास्थ्य जोखिम पनि पुर्‍याउने चतावनी दिएको छ ।

डब्लुएचओका अनुसार खुल्ला ठाउँमा कीटाणुनाशक स्प्रेइंग प्रभावकारी नहुन सक्छ ।

किटाणुनाशक फोहोर र मलले निष्क्रिय हुने हुँदा सडक वा बजार जस्ता बाहिरी ठाउँहरूमा कोरोना भाइरस वा अन्य रोगजनक भाइरसहरू मार्न सिफारिस गरिँदैन ।

साथै डब्लुएचओले किटाणुनाशकले व्यक्तिहरूमा स्प्रे गर्ने काम कुनै पनि परिस्थितिमा सिफारिस नगरेको बताएको छ ।

यो शारीरिक र मनोवैज्ञानिक हानिकारक हुनुका साथै यसले संक्रमित व्यक्तिको भाइरस फैलाउने क्षमतालाई कम गर्दैन ।

मानिसमा क्लोरीन वा अन्य विषाक्त रसायनहरूको स्प्रे गर्नाले आँखा र छालामा जलन, ब्रोन्कोस्पासम र पेटमा नकारात्मक प्रभाव हुन सक्छ ।

यदि कीटाणुनाशकहरूको प्रयोग गर्नु परे किटाणुनाशकमा भिजाइएको कपडाले सफा गरी पुछ्नुपर्ने डब्लुएचओले सुझाव दिएको छ ।

Loading...