बाँकेको क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु, पाँच दिनअघि मुम्बइबाट आएका थिए

राँझा, । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आइतबार मृत्यु भएको छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ती युवकको बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको हो ।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।

Loading...