कोरोनाले सुत्केरी महिलाको मृत्यु भएपछि प्रधानमन्त्री दुखी

विराटनगर , ४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमण भएर एक जना सुत्केरी महिलाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुख ब्यक्त्त गरेका छन ।

आइतबार विहान ९ बजेर ३१ मिनेटमा समाजिक सञ्जाल टुईटरमा स्टाटस लेख्दै प्रम ओलीले कोरोनाले नेपाली महिलाको मृत्यु भएकोमा दुख व्यक्त्त गरेका हुन ।

उनले सुत्केरी महिलाको कोराना संक्रमणकै कारणले मृत्यु भएको खवरले आफुलाई अत्यन्त दुखी तुल्याएको पनि बताएका छन ।


उनले टुईटरमा स्टाटस लेख्दै भनेका छन , कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।’

Loading...