आजबाट सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदै

काठमाडौं ४ जेठ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाछ छलफल शुरु हुँदै छ ।

संसदको दुवै सदनमा छलफल हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

गौतमद्धारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।

दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्ने छन् ।

त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्नेसमेत कार्यसूची छ ।

Loading...