दलित बालिका गर्भवती बनाउने फरार शिक्षकले गरे प्रहरीमा आत्मसमर्पण

धनकुटा , ३ जेठ । सुस्त मनस्थितीकी १३ वर्षिय दलित बालिकालाई गर्भवती आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीले प्रहरीमा आत्मसमर्पण गरेका छन ।

बालिकलाई यौन शोषण गरेर गर्भवती बनाएको आरोप लागेपछि फरार भएका शिक्षक अधिकारीले शनिवार अपरान्ह्र जिल्ला प्रहरी कार्यालय धनकुाटमा आत्मसमर्पण गरेका हुन ।

प्रहरीका अनुसार उनी एक जना सहयोगीको साथमा प्रहरी कार्यालयमा अपरान्ह्र ४ बजेतिर सुटुक्क आत्मसमर्पण गर्न पुगेका थिए ।

सुस्त मनस्थिती भएकी १३ बर्षिया बालिकालाई यौन शोषण गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरेपनि शिक्षक अधिकारी फरार थिए ।

धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माविमा पढाउने शिक्षक अधिकारी शिक्षक अधिकारी अखिल नेपाल शिक्षक संगठनको प्रदेश १ महासचिव हुन ।

पीडित बालिका शिक्षक अधिकारीले पढाउने गोकुण्डेश्वर मावि मै कक्षा ८ मा पढने गर्थिन । आमा नभएको, बाबुले पनि कान्छी श्रीमती ल्याएको र आर्थिक अवस्था दयनीय भएकोले बालिका बिद्यालय जानबाट बञ्चित हुँदै आएकी थिइन ।

निर्धन र निमुखो परिवार र दलित समुदायकी सुस्त मनस्थिती भएकी बालिकालाई आरोपीहरुले करकापमा पारेर यौन शौषण गर्दै आएका थिए । बालिका ५ महिनाको गर्भवती भएको खुलेपछि चार जना आरोपीहरुले बलात्कार गरेको खुलेको थियो ।

समाजमा बालिका बलात्कारको पोल खुलेपछि आरोपीहरुले बालिका र उनको परिवारलाई तीन लाख रुपैया दिने प्रलोभन दिएर घटना मिलापत्र गराउन खोजेको थियो ।

तर स्थानियबासी र दलित अधिकारकर्मीहरुले घटना ढाकछोप हुन नदिइ पीडितको तर्फबाट प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।

अरोपी मध्ये श्रेष्ठले धनकुटाको सिरानबजारमा खाजा पसल सञ्चालन गर्छन । अत्री स्थानीय व्यवसायी र मगर नगरपालिकाको पूर्व कर्मचारी हुन ।

Loading...