सिमा क्षेत्रका बासिन्दा भूमीको रक्षागर्न मर्नपनि तयार छन

श्रीप्रकाश यादव(४०) को बसोवास नेपाल भारत सिमाना दशगजाबाट एक सय मिटर उत्तर छ । उनी विराटनगर महानगरपालिका १८ स्थित भेडियारी निवासी हुन । वायो एग्रिटेकमा भारतको दिल्लीबाट स्नातक गरका श्रीप्रकाश सिमा संरक्षण मञ्चको अध्यक्ष पनि हुन । खुल्ला सिमानाको सुरक्षाबारे कोशीअनलाइनले उनीसँग गरेको कुराकानी ।

तँपाईको बुबा र हजुरबुबाको नाम के हो ?

मेरो बुबा कमलकिशोर यादब हो अनि हजुरबा गज्जु प्रसाद र जिजुहजुरबाको नाम कुसाई प्रसाद यादब हो ।

तँपाईहरु कहिलेदेखी यहाँ बस्दै आउनु भएको हो ?

जिजुहजुरबाको पालादेखी । मैले सुनेअनुसार यहाँ पहिले सबै जंङगल थियो अरे । पछि इस्टईण्डिया कम्पनी आएपछि जंगल काटिएपछि खेत आबादी भएको रे । खेत आवादी भएपनि बस्ती बढन थालेको रे । चोर , डाकाहरु प्नि धेरै लाग्थ्यो अरे । केही बर्ष अघि भारततर्फ एसएसबी र नेपालतर्फ शसस्त्र प्रहरीको क्याम्प बस्न थालेपछि चोरी डकैती अन्त भएको छ । हामीले शान्तिले बस्न पाएका छौ ।

तँपाई एउटा कृषी क्षेत्रको बिज्ञ भएर किन सिमा संरक्षण अभियानमा लाग्नु भएको ?

भूमी भनेको माई (आमा) हो । यसैको सुरक्षा हामीले नै गर्नुपर्छ । र सिमा क्षेत्रमा बसोवास गर्ने जनता नै सिमा सुरक्षाकालागि पहिलो संरक्षणकर्ता , प्रत्यक्षदर्शी र भुक्त्तभोगी पनि हुन । हामी सिमानाको पहरेदार हो । सूचनाकर्ता हो । अभियन्ता हो । हामी आफनो भूमीको रक्षा गर्न जहिल्यै मर्नपनि तैयार रहन्छौ । हामी जस्तै सिमा क्षेत्रमा बस्दै आउनुभएका धेरैले आफनो देशको सिमाना ज्यानको बाजी लगाएर रक्षा गरिरहनु भएको छ ।

तँपाईको जिल्लाको सिमा सुरक्षा मञ्चको अध्यक्ष हो की देश भरिको ?

म देशभरि सञ्जाल भएको संरक्षण मञ्चको अध्यक्ष हो ।

तँपाईको मञ्च कति जिल्लामा फैलिएको छ कहिले गठन भएको हो ?

झापा , मोरंङ , सुनसरी , सप्तरी लगायत फैलिएको छ । पश्चिममा पनि साथीहरु संगठित हुदैहुनुहुन्छ । हामीले दश बर्ष अघिदेखी यो मञ्च गठन गरेका हौ ।

तँपाईको सँस्थाले के काम गर्छ ?

देशको सिमाना जोगाउने काम गर्छ । मिचिए वा मिच्ने प्रयत्न भए बिरोध गर्छ । अनि सिमानामा बस्नेहरुको सुरक्षाबारे आवाज उठाउँछ ।

कहिले कहाँ कहाँ सिमानाको कसरी सुरक्षा गर्नुभयो ?

धेरै ठाउँमा गरेका छौ । मोरङको जहदा गाउँपालिका १ स्थित भुटाहामा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली भुमी मिचेर बाटो बनाएको थियो । अनि दशगजामा बस्ती पनि बसाएको थियो । तर त्यसको हामीले प्रतिबाद गरयौ । एसएसबीलाई भन्यौ किन हाम्रो भूमीमा यसरी जर्बदस्ती बाटो बनाएको भनेर । जनप्रतिनिधि सांसद र पत्रकार बोलायौ । सबैले साथ दिएपछि एसएपी पछि हटयो । बाटो हामीले बनाउन दिएनौ ।

दशगजाको बस्ती पनि सार्न लगायौ । त्यस्तो धेरै ठाउँमा भएको छ । हामी सुनसरी र सप्तरीका धेरै ठाउँमा पुगेर एसएसबीसँग सिमा किन मिचेको सिमा स्तम्भ किन सारेको भनेर प्रतिबाद गरेका छौ । झापाको दिग्गलबैक , मोरङमा तरिगामा पनि गएका छौ । अब यही भेडियारीमा बनेको नेपाल भारत संयुक्त्त जाँच चौकी –आइसिपी) बनाउँदा पनि भारतले हाम्रो भूमी मिचेको छ । म र बुबाले धेरै बिरोध गरयौ । नेपाल सरकारलाई भन्यौ अनि बल्ल सिमानामा सटाएर भारतले वाल बनायो । त्यसो गर्नुहुनेथिएन । अब सरकारले नै बुझने हो नि अरु कुरा त ।

नेपाल भारत सिमा दशगजा त अझै मिचिरहेको छ नि त ?

हो मिचिरहेको छ । हेर्नोस हामीले दशगजाबाट एक सय मिटर उत्तर घर बनाएका छौ । र प्राय नेपालीहरुले सबैतिर यसैगरि बसोवास गरेका छन । किनभने यो अन्तराष्ट्रि नियम पनि हो । तर भारतीयहरुले चाँही प्राय सबैले दशगजामै छोएर घर र बाटो बनाएका छन । कसैले त दशगजा मिचेर पनि घर बनाएका छन । यो गलत हो । हामीले हाम्रो ठाउँमा धेरैलाई यसो गर्नुहुदैन यो नियम विपरित हो भनेर पनि भनेका छौ तर उनीहरु मान्दैमान्दैनन , सुन्दैसुन्दैनन ।

तँपाईहरु पुखौदेखी सिमानामा बसेर सिमा सुरक्षा गरिरहनु भएको छ के कस्तो सास्ती भोग्नुपरिरहेको छ ?

अब हामीकोमा त समस्या छैन । तर धेरै ठाउँमा सिमानामा बस्ने हामी नेपालीले एसएसबीको गाली र कुटाई पनि खानु परेको नि त । मल , बिउ , औषधी र उपभोग्य बस्तु लिन भारत जानु पर्ने बाध्यता छ ।

सिमा क्षेत्रमा धेरै भारतीय र बंगलादेशी , पाकिस्तानीहरु पनि आएर घुसपैठ गरेर बस्छन भन्ने पनि छ नि ?

हो ठीक भन्नुभयो । दशगजामा बस्नेहरु प्राय यस्तै मान्छे हुन्छन । अनि बिस्तारै नेपाल सर्छन । अर्को आफन्त बनेर आउँछन अनि घर बनाएर बस्छन । पहिले यस्तो थिएन अहिले पुर्व मेचीदेखी पश्चि महाकालीको सिमानामा हेर्नुभयो भने कति धेरै मुस्लिम समुदायका मानिशहरु बसोवास गरिरहेका छन । यसमा सरकारले छानविन नै गर्दैन ।

सिमानामा तँपाहरुको बसोबास नभएको भए के हुन्थ्यो ?

के हुन्थ्यो ! सिमाना मिचिन्थ्यो । पिलर हराउने थियो । पहिले कहाँ थियो भारतमा एसएसबी अनि नेपालमा शसस्त्र सिमा सुरक्षा बल ? सबै सुरक्षा हामीले नै त गरेको हो पहरेदार बनेर । हामी त जहिले पनि फ्रन्टलाइनमा रहेर सिमानाको सुरक्षा गरिरहेका हुन्छौ नि त । हामी जतिखेर पनि आफनो देशको सिमाना सुरक्षाकालागि मर्न तत्पर रहन्छौ । हामीले सिमानामा बसेर कहिले पनि भारतको पक्षमा सर्मथन गरेका छैनौ ।हाम्रो बुबा हजुरबाहरुले पनि कहिल्यै गर्नुभएन ।

सिमानामा खुल्ला राख्दा ठीक कि पर्खाल लगाउदा वा काँडेतार लगाउँदा ठीक ?

हाम्रो भारतसँग रोटीबेटीको सम्बन्ध छ । साँस्कृतिक समानता छ । तर यसको मतलब यो होइन की हाम्रो भूमी मिचिदा हामीले टुलुटुलु हेरिरनुपर्छ । हाम्रो सिमानाको सुरक्षा अरुले गदैन यसैले हामीले नै गर्नुपर्छ । म त भन्छु सिमानामा काँडेतार लगाउदा हुन्छ । काँडेतार लगाएर पासपोर्ट सिस्टम गरयो भने भूमी पनि मिचिदैन आउजाउँ पनि व्यवस्थित हुन्छ । स्वतन्त्र पुर्वक आउजाउ गर्ने अधिकारको अर्थ घुसपैठ गर्ने त होइनन नि ।

पश्चिम नेपालमा नेपाली भूमी भारतले मिचेको बिषय सार्बजनिक भएको छ , सरकारलाई के सुझाव दिनुहुन्छ ?

आफनो भूमीको रक्षा गर्नु सरकार नागरिक सबैको कर्तव्य हो । यसैले बास्तविकता अनुसार तथ्य प्रकाशित गरेर कसैसँग नझुकि आफनो भूमीको सुरक्षा गर्नलागिपर्नुपर्छ ।

लकडाउनको बेला सिमानाको सुरक्षा कसरी भैरहेको छ ?

एकदम राम्रो गरि भैरहेको छ । अब खुल्ला सिमाना भएकोले कोही कोही नबुझनेहरु वारिपारि त गरिहाल्न नि । तर हामीले उनीहरुलाई सम्झाउने गरेका छौ । हामी धन्यबाद दिन चाहन्छौ हाम्रो प्रहरीहरुलाई जस्ले दुख सहेर पनि फुल डिउटी गरिरहनुभएको छ । जसले कोरोना नियन्त्रण भएको छ । हामीले पनि धेरै सहयोग गरेका छौ । अस्ति मात्रै हामीले लकडाउनको बेला पैसा लिएर सिमाना आरपार गराउनेहरुलाई पक्राउन गर्न लगायौ । मान्छेहरुले हजारौ पैसा लिएर लकडाउनमा बोर्डर टपाउने काम पनि गर्न थालेकारहेछन ।

लकडाउनको बेला सिमानामा बस्नेहरुलाई के समस्या छ ?

त्यस्तो केही छैन । मल , बीउ , औषधी , खादयान्न , लत्ताकपडा सबै भारतको बजारमा भर पर्ने बानी परेकोले मानिशहरु अलि छटपटिएका छन । नेपालतर्फ किनमेल गर्न कुनै समस्या नभएपनि व्यपारीको ट्रिकले गर्दा भारतमै सस्तो राम्रो पाइन्छ भन्ने पुरानो सोच अझै हटेको छैन ।

Loading...