लिपुलेक सडकमा नेपालको आपत्ति निर्देशित : भारतीय प्रधानसेनापति

काठमाडौं, २ जेठ । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले नेपालले कसैको निर्देशनमा कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे आपत्ति गरेको बताएका छन् ।

उनले भारतले सडक बनाएको विषयमा नेपालले चीनको निर्देशनमा भारतले बनाएको सडकमा आपत्ति जनाएको उनको संकेत छ ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) को आयोजना भएको कार्यक्रममा उनले नेपालले भारतले बनाएको सडकका विषयमा आपत्ति जनाउने विषय नै नभएको समेत बताए ।

कालापानीमा नदी भन्दा पश्चिम रहेको सडकका विषयमा नेपालले गरिरहेको विरोधका विषयमा आफूले बुझ्न नसकेको बताए ।

नेपाल, भारत र चीनको संयुक्त विन्दुका विषयमा मात्रै विवाद रहेको उनले बताए ।

विवाद नै नभएको ठाँउमा आपत्ति जनाएको भन्दै उनले नेपालले कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्ने बताए ।

नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएपछि नेपालले कडा आपत्ति जनाउँदै आएको छ । सडक उद्घाटन समेत गरेपछि देशभर प्रदर्शन समेत भएको छ ।

Loading...