प्रोटिनको अभावका कारण निम्तिने समस्याहरू

विराटनगर, २ जेठ । स्वास्थ्य रहनको लागि खाना खानुभन्दा पनि पर्याप्त पोषण युक्त खाना खानु धेरै महत्त्वपूर्ण हुन्छ ।

शरीरमा दैनिक चाहिने अन्य पौष्टिक तत्त्वहरूमा प्रोटिन सबैभन्दा आवश्यक हुन्छ ।

शरीरमा प्रोटीनको अभावका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

शरीरमा प्रोटिनको अभाव भएमा निम्तिनछन् यस्ता स्वास्थ्य समस्याहरू :

प्रोटिनको अभावका कारण प्रारम्भिक थकान, मांसपेशीहरू कडा हुने, जोर्नीको दुखाइ जस्ता शारीरिक समस्याहरू हुन सक्छन् ।

शरीरमा प्रोटीनको कमी हुँदा हड्डीहरू पनि कमजोर हुन्छन् ।

क्याल्शियम मात्र नभएर प्रोटlन पनि हड्डीलाई मजबुत बनाउनका लागि आवश्यक छन् ।

प्रोटिनले हड्डीहरूलाई मजबुत बनाई राख्न मद्दत गर्छ ।

प्रोटीनको अभावका कारण रगतमा चिनीको मात्रा कम हुन्छ जसले थकानको, कमजोरी तथा बारम्बार भोक लागेको महशूस गराउन सक्छ ।

प्रोटिनको अत्यधिक अभावको कारण शरीरमा शरीरमा हेमोग्लोबिन पनि घट्छ ।

रगतमा सेता रक्त कोषहरूको कमी आउन सक्छ ।

जसकारण शरीरको प्रतिरोध क्षमता कम हुन्छ र हामीलाई विभिन्न रोगहरू लाग्न सक्छ ।

सुख्खा कपाल, कम्जोर नङ, सुक्खा छाला पनि प्रोटिनको अभावका कारण हुन सक्छ ।

कुनै पनि दुखाइको निरन्तरता प्रोटीनको कमीको कारण पनि हुन्छन् ।

खानामा प्रोटिनको कमीले दिमाग पनि नकारात्मक असर गर्छ ।

मेमोरी भण्डारण जस्ता कार्य मस्तिष्कको एक भाग प्रोटीनले बनेको हुन्छ ।

त्यसैले, प्रोटिन आहारहरूको अभावमा स्मरण शक्ति कमजोर हुँदै जान्छ ।

Loading...