नेपाललाई कोभिड-१९ महामारीमुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता

काठमाडौं, २ जेठ । वर्तमान सरकारले नेपाललाई कोभिड १९ महामारीमुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता गर्ने बताएको छ ।

संघीय संसदमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा नेपाललाई कोभिड १९ मुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता रहेको बताएको हो ।

सरकारले महामारीको रोकथामको लागि अपनाउनुपर्ने स्वास्थ्य सजकताका ब्यवस्थाहरूमा पालना गर्ने/ गराउने, संक्रमणको परीक्षणलाई व्यापक बनाउने नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै औषधि, उपकरण र चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरूको पर्याप्त व्यवस्था तथा परिचालन गर्ने बताइएको छ ।

यस महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार निष्ठापूर्वक लागेको नीति कार्यक्रममा उल्लेख छ  ।

Loading...