सामुदायिक विद्यालयका लागि सबलीकरण अभियान चलाउने सरकारको योजना

काठमाण्डौ, २ जेठ । अगामी वर्ष देशका सबै सामुदायिक विद्यालयहरूलाई भौतिक पूर्वाधार सम्पन्न र पठनपाठनमा गुणस्तरीय बनाउन सबलीकरण अभियान सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।

संघीय संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रस्तुत भैरहेको नीति कार्यक्रममा आगामी सबै सामुदायिक विद्यालयलाई पूर्वाधार सम्पन्न बनाइसक्ने पनि उल्लेख छ ।

विद्यालयका पाठयक्रमहरूमा देशको मौलिक संस्कृति र सम्पदाहरू समावेश गर्ने, पाँच वर्षमुनिका बालबालिकाहरूलाई प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय शिक्षा नीति परिमार्जन गर्दै कार्यान्वयनमा ल्याउने पनि सरकारको नीति छ ।

Loading...