मेडिकल कलेजले जिल्ला अस्पतालमा शल्यचिकित्सा सेवा दिनुपर्ने, स्वास्थ्य संस्थाले स्याटलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने

विराटनगर, २ जेठ । सरकारले आगामी आर्थिक वर्षबाट एउटा मेडिकल कलेजले जिल्लाका कम्तीमा एउटा अस्पतालमा शल्यचिकित्सासहितको सेवामा सहयोग गर्नुपर्ने नीति लिएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेडिकल कलेजले जिल्लामा शल्यचिकित्सासहितको सेवा र स्वास्थ्य संस्थाहरूले महिनामा एक पटक स्याटलाइट क्लिनिक सञ्चालन गर्ने नीति लिएको बताइन् ।

केन्द्रीय अस्पतालले तोकिएको स्थानमा नियमित स्याटलाइट अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Loading...