तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिसक्ने सरकारको घोषणा

काठमाण्डौ, २ जेठ । आगामी वर्षदेखि सबै मेडिकल कलेजहरूले तोकिएको अस्पताल निर्माण गरेर सेवा प्रदान गर्नुपर्ने छ ।

सरकारले आज संघीय संसदमा प्रस्तुत गरको नीति कार्यक्रममा सरकारले स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्राधिकरण निर्माण गर्ने घोषणा गरेको छ ।

अस्पताल र अनुसन्धान केन्द्रलाई मितव्यायी बनाउन एकीकृत अभियान सञ्चालन गर्ने, विमानस्थलमा क्वारेन्टाइनहरू स्थापना गर्ने योजना सरकारको योजना छ ।

तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिसक्ने सरकारको नीति रहेको छ ।

संघिय संसदमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

Loading...