संविधान पूर्ण कार्यान्वयनमा आयो, सरकार उल्लेख्य काम गर्न सफल भयो : राष्ट्रपति

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएको दाबी गरेकी छन् ।

संघीय संसदमा आज नीति कार्यक्रम प्रस्तुत गर्दै उनले वर्तमान सरकारले दुई वर्षको अवधिमा उल्लेख्य उपब्धि हासिल गर्न सफल भएको बताइन् ।


यसैगरी उनले सरकार सार्वजनिक शुसासनमा पनि सफल भएको दाबी गरिन् ।

विश्वमहामारीका रूपमा संक्रमण भैरहेको कोभिड १९ रोकथाममा पनि सरकारले सराहनीय काम गरेको राष्ट्रपति भण्डारीले बताइन् ।

संकटको बेला सरकार नागरिकको मौलिक हक र मानव अधिकारको पालनामा प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरिन्।

Loading...