सबैको सहयोगले नेपालभित्र जीवन रक्षा गर्न सफल : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको सहयोगले कोरोना संक्रमितहरुको ज्यान जोगाउन सफल भएको बताएकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा उनले यस्तो बताएकी हुन् ।

अहिले कोरोना भाइरसको महामारीको बेला सबैको सहयोग र समन्वयको कारण नेपालभित्र सबैको जीवन रक्षा गर्न सक्षम भएको उनले बताइन् ।

आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एक ढिक्का भएर लाग्न अनुरोध गरेकी छिन् ।

Loading...