birat ribon

शुक्रबार पनि थपिए ९ जना संक्रमित जम्मा संख्या २ सय ५८ पुग्यो

Neuro
शुक्रबार पनि थपिए ९ जना संक्रमित जम्मा संख्या २ सय ५८ पुग्यो


काठमाण्डौ, २ जेठ । नेपालमा शुक्रबार ९ जनामा कोरोना संक्रमित थपिएका छन । अब नेपालमा कोरोना संक्रमण हुनेहरु २ सय ५८ जना पुगेका छन ।

Padelux insider
cura insider


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मकवानपुरका १ र बाँकेका ८ जनामा संक्रमण शुक्रबार थप कोरोना संक्रमण देखिएको छ ।


प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा मकवापुरका ३७ वर्षिय पुरुष , भेरी अस्पतालको प्रयोगाशालामा भएका परीक्षणमा बाँकेका ८ जना १८ देखी ३६ बर्ष उमेर समुहका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

हालसम्म नेपालका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर १ मा ३५, जना २ मा १ सय बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश नम्बर ५ मा १ सय २ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।

jackson ribon