रुसमा एकै दिनमा १० हजारभन्दा बढी संक्रमित

एजेन्सी, २ जेठ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण रुसमा केही सातादेखि संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा थप १० हजार बढी संक्रमित रेकर्ड गरिएको छ ।

रुसमा अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार रुसमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ९८ नयाँ संक्रमितहरू थपिएको छ ।

एक सातादेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेको बेला हिजो संक्रमितको सङ्ख्या केही घटेको थियो । तर, आज फेरि संक्रमितको संख्या बढेको छ ।

आज नयाँ संक्रमित थपिएसँगै रुसमा २ लाख ६२ हजार ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये आज मात्र १ सय १३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार ४ सय १८ पुगेको छ भने ५८ हजार २ सय ५६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

परीक्षणको दायरा बढाएसँगै नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रममा रुस अहिले कोरोना प्रभावितको सूचिमा तेस्रो नम्बरमा छ ।

Loading...