चीनमा एक महिनायताबाट कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून

एजेन्सी, २ जेठ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सुरुवात भएको चीनमा एक महिना यताबाट कुनै संक्रमितको मृत्यु भएको छैन ।

गएको डिसेम्बर हुबेई प्रान्तको वुहानमा पहिलोपटक कोरोनाको प्रकोप सुरु भएपछि चीनमा हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना भाइरसका घटनाहरूको पुष्टि भएको छ ।

यससँग, चीनमा संक्रमितको कुल संख्या ८२ हजार ९ सय ३३ पुगेको छ ।

७८ हजार २ सय ९ जना उपचारपछि निको भएर घर फर्किससकेका छन् । चीनमा अब ९१ जना संक्रमित मात्र बाँकी छन् ।

चीनमा मृत्यु हुने र संक्रमितको संख्या कम हुँदै गए पनि अन्य देशहरूमा भने संक्रमितको संख्या बढ्नेक्रम जारी नै रहेको छ ।

Loading...