साँघुरो घरभित्र व्यवसायिक बाख्रा पालन गर्दै काठमाडौंका एक उद्यमी

काठमाण्डौ, २ जेठ । गाउँघरमा घाँसपात र चरन सहज हुँदा बाख्रा पालन व्यवसाय फस्टाएको देखिदै सुनिँदै आएको हो । तर घना आबादी भएको काठमाण्डौ शहरको साँघुरो घरभित्र पनि वर्षौंदेखि बाख्रा पालन फस्टाउँदै आएको छ भन्नेचाहिँ केहीलाई मात्र थाहा होला ।

आफनै घरभित्रको कोठामा गोठ बनाएर १० बर्षदेखी बाख्रा पालन गर्दै आएका उद्यमी हुन काठमाण्डौ महानगरपालिकाका १५ तीनथानाका ६३ बर्षिय बिष्णु कार्की । कानुनमा स्नातक गरेर केही समय पत्रकारिता पनि गरेका उनले हाल आठआना जग्गामा बनेको घरभित्रै १ सय ५० वटा बाख्रा पालन गरिरहेका छन ।

हेल्थ म्यानेजमेन्ट कलेजमा लामो समय प्रबन्धक समेत भएका र ट्रान्सपोर्ट व्यवसायको अनुभव समेत लिएका बिष्णुले जागिर छाडेपछि दश बर्ष पहिले आफनै घरको छतमाथि बाख्रा पालन सुरु गरेका थिए ।

चराउन लैजादा छतमाथिबाट बाख्रा चढाउन र उतार्न अलि गाह्रो भएपछि उनले दुईतलाको कोठामा गोठ सारे । अझै सजिलो बनाउन दुई बर्षदेखी उनले घरको तल्लो तलामा बाख्रा पालन गरिरहेका छन ।

सुरुमा १७ वाट बाख्रा खरिद गरेर आपनो घरभित्रै उनले सुसन बाख्रा फर्म नामक कम्पनी दर्ता गराएर उन्नत जातका बाख्राहरु पालन गर्न सुरु गरेका थिए मेहनती कृषक कार्कीले । अहिले उनले डेढ सय बाख्रा पालन गरिरहेका छन । त्यत्तिमात्र हैन उनले स्वास्थ्य पाठापाठीहरु उत्पादन गरेर बिक्रि पनि गरिरहेका छन ।

बिद्यालयमा शिक्षिका रहेकी श्रीमती सुजाता कार्कीले उनलाई बाख्रा पालनमा साँझ बिहान सघाउदै आएकी छन । तीन सन्तानका बाबु कार्कीका छोराहरु सबै बिदेशमा पढदैछन ।

कार्कीले आफुले पालन गरेका बाख्राहरुलाई आवश्यकता अनुसार शहरका खुल्ला ठाउँमा चराउन पनि लानेगरेका छन ।

एउटै उद्देश्य युवालाई स्वदेशमै उद्यम गर्न उत्प्रेरित गर्ने

घना आवादी भएको शहरभित्र दुख गरेर बाख्रा पालन गर्नु आफनो एउटै उद्देश्य युवाहरुलाई देशमै केही गर्न सकिन्छ भनेर उत्प्रेरित गराउनु रहेको पशुपालक कार्की बताउँछन । उनलाई बाख्रा पालनबाट बार्षिक १५ लाख जति आम्दानी पनि भैरहेको छ ।

तर त्यो भन्दा पनि ठूलो सन्तुष्टि उनलाई युवाहरुलाई उत्प्रेरित गराउन सफलहुदै गएकोमा मिलेको छ । उनका अनुसार उनले बाख्रा पालनबारे युवाहरुलाई तालिम पनि दिन थालेका छन । उनीबाट हालसम्म ४ सय १ जनाले शहर होस वा गाउँ व्यवसायिक तरिकाले बाख्रा पालन गर्नेबारे निशुल्क तालिम लिइसकेका छन ।

अवलोकन गर्न आउनेहरुको घुँइचो

बाख्रा पालनबारे राम्रो अध्यन र अनुभव भएका कार्कीको सफलता प्रत्यक्ष हेर्र्ने र बुझन आउनेहरुको घुँइचो नै लाग्न थालेको छ । उनका अनुसार हाल उनकोमा दैनिक बिभिन्न एनजिओ , आइएनजिओका कर्मचारी , बाख्रा पालन गर्न चाहने युवा कृषक अनि पशु चिकित्सकहरुहरु अवलोकन गर्न आउने गरेका छन ।

आफनो उद्यम हेर्न आउनेहरुलाई बाख्राको सही तरिकाले कसरी हेरचाहन गर्नुपर्छ भनेर सिकाउने बुझाउने गरेको कार्कीले सुनाए ।

कार्कीले शहरमा बाख्रा पालन गरेको अवस्था हेरेर बुझेका विराटनगरका कृषक बलराम थापा बिदेश जाने युवाहरुले कार्कीको मेहनतबाट सिक्नुपर्ने बताउँछन । भन्छन , ‘नगरेर पो केही नभएको रहेछ त गरे के हुदोरहेनछ देशैमा ।’,

Loading...