विद्याको ‘शकुन्तलादेवी’ पनि डिजिटल रिलिज हुने

विराटनगर, २ जेठ । बलिउड अभिनेत्री विद्या बालन अभिनित बायोपिक फिल्म ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ ।

लकडाउनका कारण हलमा जान नपाएको फिल्म अनलाइन प्लेटफर्म अमेजन प्राइम भिडियोबाट रिलिज हुने विद्याले ट्विटरमार्फत फ्यानहरूलाई जानकारी गराएकी छिन् ।

भारतकी मानव कम्प्युटरको उपनामले चिनिने शकुन्तला देवीको बायोपिकमा विद्याले शकुन्तला को भूमिका निर्वाह गरेकी छिन् ।

उनी सन् १९८६ मा विश्वव्यापी किर्तिमानको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् ।

अनु मेननको निर्देशनमा तयार भएको फिल्मलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हो ।

विद्याले यो फिल्मका लागि आफू निकै उत्साहित रहेको बताएकी छिन् ।

यसअघि नायक अक्षय कुमारको ‘लक्ष्मी बम’, अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्मलाई रिलिज हुने भनिएको थियो ।

Loading...