प्रभाससँग ठूलो पर्दामा कमब्याक गर्दै भाग्यश्री

विराटनगर, २ जेठ । ‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री पुनः एक पटक ठूलो पर्दामा कमब्याक गर्ने तयारीमा छिन् ।

उनले ‘बाहुबली’ का नायक प्रभाषसँग कम्ब्याक गर्न लागेकी हुन् ।

भारतीय मिडियासँग कुरा गर्दै भाग्यश्रीले नयाँ प्रोजेक्ट पुष्टि गर्दै लकडाउनअघि फिल्मको शुटिङ पनि सुरु गरिसकेको खुलासा गरेकी छन् ।

फिल्मको नाम घोषणा गरिएको छैन ।

लकडाउनभन्दा ठीक पहिले फिल्मको शूटिङ सुरु गरेको र फिल्ममा आफ्नो एकदम रोचक चरित्रका लागि फरक सीप सिक्नु परेको भाग्यश्री बताउँछिन् ।

अभिनेता सलमान खानसँग ‘मैने प्यार किया’पछि उनले केही प्रोजेक्टमा काम गरिन् । तर, विवाहपछि उनी घरायसी जीवनमा नै बढी व्यस्त भइन् ।

तर, अब भने उनले २ वटा कथा पढिरहेको बताएकी छिन् ।

भाग्यश्रीका अनुसार, उनका सन्तानले नै उनलाई चलचित्रमा फर्किनका लागि सुझाव दिएका थिए ।

भाग्यश्रीका छोरा अभिमन्यु देसाईले सन् २०१९को फिल्म ‘मर्दको दर्द नही होता’ बाट डेब्यू गरेका हुन् ।

Loading...