ट्रम्पले दिए चीनसँग सबै सम्बन्ध बिच्छेद गर्ने धम्की

एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध बिच्छेद गर्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजनलाई एक अन्तर्वार्तामा आफूहरूले धेरै कुरा गर्न सक्ने तथा सबै सम्बन्धहरू पनि अन्त्य गर्नसक्ने बताएका हुन् ।

कोरोना भाइरस वुहानबाट चिनियाँ निष्क्रियताको कारण विश्वभर फैलिएको भन्दै विगत केही हप्तादेखि राष्ट्रपतिलाई चीनका विरुद्ध कारबाही गर्न सांसदहरूले बढी दवाव दिइरहेका छन् ।

एक प्रश्नको जवाफमा ट्रम्पले उनी अहिले चिनियाँ राष्ट्रपतिसँग कुरा गर्न नचाहेको बताउँछन् ।

चीनबाट अत्यन्त निराश भएका कारण धेरै राम्रो सम्बन्ध भएपनि आफू अहिले कुरा गर्न नचाहेको उनले बताए ।

उनले गत डिसेम्बरमा पहिलो पटक यसको प्रकोप पत्ता लागेको केन्द्रीय चिनियाँ शहर वुहानको वुहान इन्स्टिच्यूट अफ भाइरोलिसबाट घातक भाइरस उत्पन्न भएको दाबी गरेका थिए ।

साथै उनले चीनलाई महामारीको प्रारम्भिक जानकारी लुकाएको आरोप लगाए । तर, चीनले यसलाई अस्वीकार गर्दै आएको छ ।

Loading...