birat ribon

पुरानै बैठकहलमा प्रदेश नं १ सभाको बजेट अधिबेशन सञ्चालन हुने

Neuro
पुरानै बैठकहलमा प्रदेश नं १ सभाको  बजेट अधिबेशन सञ्चालन हुने

विराटनगर , २ जेठ । प्रदेश नं १ सभाको अगामी बजेट अधिवेशन पुरानै बैठकहलमा व्यक्त्तिगत दुरी कायम गरेर सञ्चालन गरिने भएको छ ।

प्रदेश नं १ सभाका संसदिय दल र कार्यव्यवास्था समितिको सहमतीपछि अगामी बजेट अधिबेशन संसदको पुरानै बैठकहलमा व्यक्त्तिगत दुरी कायम गरेर सञ्चालन गरिने भएको हो ।

cura insider

व्यक्त्तिगत दुरी बनाउनकालागि प्रदेश सभा सचिवालयले पुराना सागुरारा कुर्सीहरु हटाएर धमाधम एक एक मिटर दुरीमा नयाँ कुर्सीहरु राख्न तैयारी भैरहेको छ ।


प्रदेश सभा सचिवालयका प्रशासन महाशाखा प्रमुख चन्द्रमणी पोखरेलका अनुसार अन्यत्र अधिवेशनको बैठक सञ्चालन गर्दा धेरै खर्च हुने र हैरानी पनि बेर्होनु पर्ने भएकोले साविककै सभाहललाई व्यवस्थित गरेर सञ्चालन गर्न लागिएको हो ।

सभाहलमा दुरी बनाउन सबैकालागि संभव नभए बाँकीलाई माथिल्लो तलामा रहेको संसदिय दलको सभाहलमा पनि बस्ने व्यावस्था मिलाइने छ । माथिल्लो हलमा समाजिक दुरी बनाएर स्क्रिनमा हेर्न पाउने व्यावस्था हुनेछ ।

बजेट अधिवेशन अवधिभर प्रदेश सभामा हातधुनुपर्ने , सेनिटाइजर , मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ । साथै संभव भएसम्म सबै सांसदहरुको कोरोना पनि परीक्षण गरिने छ ।

बजेट अधिबेशन अवधिभर प्रदेश सभाका संसदिय दलहरु कोरम पुग्ने गरि सांसदहरुलाई आलोपालो गरेर बैठकमा बोलाउने सोच पनि बनाएका छन ।

बजेट अधिबेशनमा मुख्य काम आगामी आर्थिक बर्षकालागि बजेट पारित गर्नुपर्ने भएकोले छिटोछरितो बिधि अपनाएर अधिबेशन सञ्चालन गरिनेछ ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपा ६७ मुख्य प्रतिपक्षी काँग्रेस २१ प्रतिपक्षी समाजबादी ३ राप्रपा १ र संघिय लोकतान्त्रिक मञ्चको १ जना गरि जम्मा ९३ जना सांसद छन ।


प्रशासन प्रमुख पोखरेलका अनुसार प्रदेश सभाले सरकारको सिफारिसमा जेठको तेस्रो हप्तासम्म बजेट अधिबेशन बोलाउने योजना बनाएको छ ।

कोरोना संक्रमण हुने भयले ६ चैत २०७६ देखी नै एक नम्बर प्रदेश सभाको हिउँदे अधिबेशनको बैठक स्थगित भएको थियो । लकडाउन बढेपछि ३ बैसाख २०७६ देखी हिउँदे अधिवेशन औपचारिक रुपमा अन्त भएको थियो ।

परिसरमा टेन्ट राखेर हाजिरी

बजेट अधिबेशन अवधिभर बैठकमा सहभागी हुन आएका प्रदेश सांसदहरुलाई बाहिरै प्रांगणमा टेन्ट राखेर व्यक्त्ति दुरी कायम गरि हाजिरी गर्ने व्यवस्था मिलाइने छ । यसो गर्दा भीड नहुने र सांसदहरु संक्रमणबाट जोगिन सहयोग पुग्ने विश्वास प्रदेश सभाको छ ।

पत्रकारलाई मिडिया सेन्टर , अतिथिलाई प्रबेश निषेध

प्रदेश सभा सचिवालयका अनुसार हल साँगुरो भएकोले व्यक्त्ति दुरी बनाउँदा पनि सबै सांसदहरु समेत नहटाउने भएकोले बजेट अधिबेशन अवधिभर पत्रकाहरुलाई बैठक हलमा बसेर रिार्पोटिङ गर्ने व्यवस्था हुनेछैन ।

पत्रकारहरुले वाहिर रहेको मिडिया सेन्टरमा बसेर टिभीमा हेरेर रिर्पोटिङ गर्नुपर्ने छ । ठाउँ सागुरो भएकोले सभाहलको उत्तरमा रहेको पत्रकार र अतिथि ग्यालरी भत्काइएको छ । बजेट अधिबेशन अवधिभर कोइपनि अतिथिहरु सभाहलमा प्रवेश पाउनेछैनन ।

jackson ribon