birat ribon

उदयपुरमा चट्याङले लागेर एक जनाको ज्यान गयो

Neuro
उदयपुरमा चट्याङले लागेर एक जनाको ज्यान गयो

उदयपुर, २ जेठ । उदयपुरको कटारी नगरपालिका–३ राजावास बस्ने ६१ वर्षीय लिलबहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवारलाई साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङले लागेको थियो ।

cura insider

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेको छ ।

गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।

jackson ribon