उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गराउने बजेट ल्याउन अर्थबिदहरुको सुझाव

काठमाण्डौ , १ जेठ । अर्थबिदहरुले उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गराउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन ।

संघीय संसदको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकताबारे बिहिबार गरेको छलफलमा अर्थविद्हरुले लकडाउनलाई उत्पादनमुखी अवसरका रुपमा रुपान्तरण गराउनसक्ने खालको आगामी आर्थिक बर्षको बजेट ल्याउन सुझाव दिएका हुन ।

अर्थबिदहरुले लकडाउनले अर्थतन्त्रमा पारेको असरबारे अध्यन गरेर मात्र प्याकेज बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन ।

अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला अध्ययन हुनु आवश्यक रहेको अर्थ बिद डा. चन्द्रमणि अधिकारीले बताए ।

उनले भने , ‘हिजोको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनु आवश्यक छ ।,’ ‘मानिसको स्वास्थ्य, र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुन्छ’ अर्थविद् अधिकारी बताउँछन ।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर पार्ने भएकाले सम्बोधन गर्नेगरि बजेट ल्याउनुपर्ने बताए । उनले कोभिड–१९ को नियन्त्रण र अर्थतन्त्रलाई चलायमान गराउन श्रोतको बाँडफाँडको फर्मुला नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन ।

अर्थविद डा. विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए ।

उनले उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्नेमा जोड दिए ।

अर्थविद् डा. डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्धन्द्ध उत्पन्न हुने भएकोले राहत प्याकेज ल्याउन अनिवार्य भएको बताए ।

राहत र रोजगारीमा केन्द्रीत भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने अर्थविद् शंकर शर्माको जोड छ । धान उत्पादनका लागि मल र बीउ सहज उपलब्ध गराउन आवश्यक छ भने ।

अर्थविद डा. शंकर शर्माले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताए ।

उनले लकडाउनलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिए ।

Loading...