birat ribon

‘जोखिम नियन्त्रण गर्न विराटनगरमा दश हजारको पीसीआर परीक्षण गर्नुपर्छ’

Neuro
‘जोखिम नियन्त्रण गर्न विराटनगरमा दश हजारको पीसीआर परीक्षण गर्नुपर्छ’

विराटनगर, १ जेठ । भारतसँग सीमा जोडिएका कारण विराटनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । खुला सीमा भएका कारण भारतबाट लुकीछिपी भित्रने मानिस र एकीकृत भन्सार जाँच चौकीबाट प्रवेश गर्ने मालबाहक सवारी साधनबाट संक्रमण भित्रिनसक्ने जोखिम छ ।

भारतमा कोरोना संक्रमणको दर उच्च छ । कोरोना संक्रमित बढ्दै गएको भारतबाट भित्रने सवारी नाकामा सामान्य रूपमा सेनिटाइज हुन्छ । खुला सीमा भएका कारण संक्रमणको उच्च जोखिममा रहेको विराटनगरमा तत्काल १० हजारको कोरोना परीक्षण गर्नुपर्ने विराटनगर महानगरपालिकाका स्वास्थ्य महासशाखा प्रमुख रमेश कार्की बताउँछन् ।

cura insider

स्वास्थ्य सामाग्री अभावका कारण विराटनगर महानगरपालिकाले बुधबारसम्म ४ सय २१ जनाको कोरोना जाँच गरेको छ । यो संख्या पीसीआर र आरडिटी दुवै विधिबाट गरिएकाहरूको हो । शंकास्पद सबैको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जनस्वास्थ्य विज्ञसमेत रहेका कार्कीका अनुसार जोखिम कम गर्न परीक्षणको दायर बढाउनु पर्ने भएपनि कट उपलब्ध नभएको बताउँछन् । ‘लकडाउन अघि भारतबाट ठूलो संख्यामा आएका छन् । खुला सीमा भएका कारण अझै मान्छे आइरहेका छन्,’ उनी भन्छन्, ‘तत्काल १० हजार परीक्षण गर्न सकिएन भने केही भन्न सकिन्न ।’

स्थानीय सरकार र प्रदेश सरकारसँग १० हजारको पीसीआर र २० हजारको र्‍यापीड डाइग्नोष्टिक टेष्ट आरडिटी गर्नलाई आफूले आग्रह गरेको उनले बताए ।

नेपालमा देखिएको कारोनाको लक्षण फेला परेको छैन् । लक्षण नभएका कारण समुदायमा फैलनसक्ने जोखिम उच्च हुन्छ । इपिडिमियोलोजीको सिदान्तमा जति मानिस प्रवेश गरे त्यतिमा परीक्षण नगर्दासम्म जोखिम रहने उनको भनाइ छ ।

स्वास्थ्य महाशाखा प्रमुख कार्कीले १० हजारमा कोरोना जाँच गर्नुपर्ने बताएपनि महानगरसँग पर्याप्त किट छैन । किट नभएका कारण परीक्षणको दायरा बढाउनै समस्या भएको उनको भनाइ छ ।

स्वाब संकलन केन्द्र जैन भवन

विराटनगर महानगरपालिकाले कोरोना संक्रमणको शंकास्पद व्यक्तीको थ्रोट स्वाब संकलनका लागि विराटनगरको जैन भवनमा स्वाब संकलन बुथ राखेको छ । अन्य वडाहरूबाट ल्याइएकाहरूलाई स्वाब बुथबाट नमूना संकलन गर्न थालिएको कार्कीले बताए । ‘थ्रोट स्वाब बुथ सार्दा सीसा फ्टन सक्छ,’ उनले भने, ‘जैन भवनबाटै संकलन गर्ने व्यवस्था मिलाएका छौं ।’

jackson ribon