लकडाउनदेखि बेखबर मानव सेवा आश्रमका दीन-दुःखीहरू

बबिता लिम्बू
विराटनगर , १ जेठ । कोरोना भाइरस संक्रमणको त्रासले सबै चिन्तत छन तर विराटनगर महानगरपालिका १० तीनटोलियामा रहेको मानव सेवा आश्रमका दुखीहरु लकडाउनबारे बेखवर छन ।

सडकमा अलपत्र परेका असहाय, अपाङ्ग वृद्धवद्धा र भौतारिएर हिँडेका कडा खाले मनोरोगीहहरुलाई पालनपोषण गरिरहेको मानव सेवा आश्रममा बस्दै आएका दुई दर्जन मनोरोगीहरु देशमा दुई महिनादेखी भैरहेको लामो लकडाउनदेखी बेखवर रहेका हुन् ।

समान्य अवस्थमा झै लकडाउनको समयमा पनि आश्रम ३५ जना मनोरोगी वृद्धवृद्धा र दुई नाबालकहरु रमाइरहेका छन । उनीहरु सधै झै समयमा सुत्छन , उठछन , नित्यकर्म गर्छन र खाना खाएर आफनो स्वभाव अनुसार रमाइलो पनि गर्ने गर्दछन् ।

आश्रमका स्वयंसेवक नवराज के.सीका अनुसार आश्रममा संरक्षण लिइरहेकाहरु सबै दिनदुखीहरु भएकोले उनीहरुलाई बाहिरी संसारसँग खासै मतलब छैन ।

मानसिक रोगीहरु चिकित्सकको निगरानीमा नियमित औषधी नियमित सेवन गरिरहेका छन । उनीहरु आफनो स्वभाव अनुसार बर्वराउने र टोलाउने गर्दछन ।

कोही असक्त्तहरु चुपचाप बसेर नबोली अरु रमाएको दृश्य हेर्छन । अनि कोही चाँही रौसे पनि छन । उनीहरु गीत गाउँछन र थप्पडी बजाउदै नाच्नेपनि गर्छन ।

‘आश्रममाप्रायः सबै बुवा–आमाहरु मानसिकरुपमा अशक्त हुनुहुन्छ, वहाँहरुलाई बाहिर निस्कन बन्देजन छ यसैले आश्रम भित्रै बसेर रमाइरहनुहुन्छ’ , स्वयंसेवक नवराज बताउँछन ।

उनका अनुसार ऋाश्रमको ढोका सधैं बन्दहुने र बाहिरी दुनियाँसँगआश्रममा बस्ने मानिसहरुको निकटता नहुने भएकाले लकडाउन भएनभएको उनीहरुलाई पत्तै छैन ।

विदेशी सहयोग नलिने छुट्टै आदर्श बनाएको यो आश्रमले ‘कटौती एक कप चिया’ ‘भोको पेटलाई भोजनसेवा, सर्वोत्कृष्ट मानवसेवा’अभियानको सहयोगमा असक्त्त असहायहरुलाई संरक्षण गर्दै आइरहेको छ ।

Loading...