रुसमा संक्रमितको संख्या केही घट्दो

एजेन्सी, १ जेठ । पछिल्लो २४ घण्टायता रुसमा कोरोना भाइरस संक्रमितको संख्या केही घट्दो देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ हजार बढीमा संक्रमण देखा परेको छ ।

रुसमा अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांक अनुसार रुसमा पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ७४ नयाँ संक्रमितहरू रेकर्ड भएको छ ।

एक सातादेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेको बेला आज संक्रमितको सङ्ख्या केही घटेको छ ।

आज नयाँ संक्रमित थपिएसंगै रुसमा २ लाख ५२ हजार २ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये आज मात्र ९३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार ३ सय ५ पुगेको छ भने ५३ हजार ५ सय ३० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

रुस अहिले कोरोना प्रभावितको सूचिमा तेस्रो नम्बरमा छ ।

Loading...