‘गुलाबो सिताबो’ १२ जुनमा अनलाइनबाट रिलिज हुने

विराटनगर, १ जेठ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित फिल्म ‘गुलाबो सिताबो’ अब चाँडै अनलाइनमार्फत रिलिज हुने भएको छ ।

लकडाउनका कारण हलमा जान नपाएको फिल्म अनलाइन प्लेटफर्म अमेजन प्राइम भिडियोबाट यही १२ जुनमा रिलिज हुँदैछ ।

सुजित सरकार निर्देशित अनलाइन रिलिज हुन लागेको अमिताभले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

डिजिटल प्लेटफर्ममा संसारभरिका दर्शकले हेर्न पाउने भएकोमा रिलिजलाई लिएर अमिताभ निकै खुसी छन् ।

आयुष्मान पनि पहिलोपटक अमिताभ बच्चनसँग काम गर्न पाएकोमा फिल्म आफ्ना लागि स्पेसल भएको बताउँछन् ।

अभिताभले फिल्ममा निर्वाह गर्ने भूमिकाको लुक्स निकै फरक देखिन्छ ।

कमेडी कथावस्तुमा आधारित भएर निर्माण गरिएको फिल्मलाई जूही चतुर्वेदीको कथामा निर्माण गरिएको हो ।

फिल्ममा अमिताभले एउटा घरको मालिकको भूमिका निभाएका छन् भने आयुष्मानले त्यही घरमा भाडामा बस्ने युवकको भूमिका निर्वाह गरेका छन् ।

लकडाउनका कारण लामो समय हलहरू बन्द हुन थालेका कारण हलिउडपछि अब बलिउड चलचित्र निर्माताहरूले पनि अनलाइन प्लेटफर्म रोज्न थालेका हुन् ।

Loading...